Logo बिहिवार, आश्विन १ गते २०८३
images

लियो क्लब अफ बुटवल खस्यौली युथको ‘लियाे ग्रामिण उद्धमशीलता’ परियोजना शुभारम्भ

लियो क्लब अफ बुटवल खस्यौली युथको ‘लियाे ग्रामिण उद्धमशीलता’ परियोजना शुभारम्भ

  • 4.0K
    SHARES

  • लियो क्लब अफ बुटवल खस्यौली युथको ‘लियाे ग्रामिण उद्धमशीलता’ परियोजना शुभारम्भ

    बुटवल,चैत ३-

    लियो क्लब अफ बुटवल खस्यौली युथले ‘अपाङ्ग उद्धमशीलता’ परियोजना शुभारम्भ गरेको छ । अर्घाखाँचीको खिल्जी परियोजना शुभारम्भ गरिएको हाे । 

    कार्यक्रमको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले लियो ग्रामिण उद्धमशील परियाेजनाले खिल्जीका निम बहादुर घर्तिलाई आर्थिक स्तर बढ्ने उत्पादनले र गाँउ र शहरलाई समेत जाेड्ने बताए ।

     लियो क्लब अफ खस्यौली युथका अध्यक्ष हाेमनाथ सापकाेटा सुमितको अध्यक्षातामा भएको कार्यक्रममा भूमिकास्थान ६ खिल्जी निवासी अपाङ्गता भएका निम बहादुर घर्तिलाइ उद्यमशील बनाउन २ वटा कुटानी पिसानी गर्ने मेसिन प्रदान गरिएको हाे ।  घर्तिले आफूलाइ गरिएको लगानी र सहयाेगले जीवन नै परिवर्तन गर्ने भन्दै खुसी जनाए । 2.jpg

    कम्मरभन्दा तलको भाग नचल्ने घर्तीले आफ्ना दैनिक काम काज,कृषिकर्म लगायतका काम सहजै गर्ने गरेको र उनलाई उद्यमी बनाउनको लागि क्लबले सहयोग गरेको छ । प्याकेजिङ गरिएका सामाग्रीहरूको बजारीकरणमा समेत क्लवले काम गर्ने कार्यक्रम संयाेजक हिमाल बेल्बासेले नागरिक अनलाइनलाइ बताए ।

    देशबिदेशबाट दाताहरुको सहयोगमा ४ लाख ५० हजारको लागत रकममा प्रोजेक्ट शुभारम्भ गरेको क्लबका निवर्तमान अध्यक्ष राजिवजंग सिंह कुवरले बताए ।साे कार्यक्रममा स्पोन्सर क्लव लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष राजु पौडेलले आत्मनिर्भर बनाउनको लागि उद्यमशीलता तथा स्वरोजगारी कार्यक्रम चलाइएको बताए ।

    उनले उनले यो अभियानलाइ दीर्घकालसम्म फरकफरक स्थानमा संचालन गर्ने र नियमित गर्ने प्रतिबद्धता जनाए ।फरक फरक जिल्लामा प्रोजेक्ट सञ्चालन हुने र आर्थिक उपलब्धता भएसम्म वार्षिक १ जिल्लामा १ प्रोजेक्ट सञ्चालन गरिने  छ । साे अवसरमा  दिपक खरेल,प्रकाश बेल्बासे लगायतले बाेल्दै कार्यक्रमलाइ प्रभावकारी बनाउने बताए ।

    लियो क्लब अफ बुटवल खस्यौलीले बिभिन्न सामाजिक क्षेत्रमा कामहरू गर्दै आइरहेको छ । 

    अर्घाखाँचीमा अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology