कौरव खत्री/बागलुङ,चैत्र ३-
बागलुङको गलकोट नगरपालिकामा स्थानिय तह नमुना युवा संसद् कार्यक्रमको उद्घाटन गरिएको छ । गलकोट नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा सोमवार देखि नमुना युवा संसद् कार्यक्रमको सुरुवात गरिएको हो ।
संघिय सरकारले ७७ वटै जिल्लाका १-१ स्थानिय तहमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत वागलुङ जिल्लाको गलकोट नगरपालिकामा यस कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले यस प्रकारको नमुना संसद् अभ्यासले भविष्यमा नेतृत्व लिने युवाहरुलाई जिम्मेवार वनाउने वताउनुभयो ।
वर्तमान राजनितिक अवस्थामा जस्तै सरकार सत्ता पक्ष र प्रतिपक्षको भुमिका केहो, कसले कस्तो प्रकारको संसदिय अभ्यास गर्नुपर्छ भन्ने ज्ञान र विवेक नहुदा संसदिय व्यवस्थानै संकटमा परेको वताउदै यस्ता प्रकारका अभ्यासले सभ्य र शालिन संसदिय व्यवस्था सञ्चालन गर्नका लागि भोलिका नेतृत्वहरुलाई यस प्रकारका कार्यक्रम अत्यन्तै उपयोगि हुने भन्दै यस नमुना अनुभवले सकारात्मक सोचका साथमा अगाडि वढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक विवेक त्रीपाठिले कार्यक्रमको उदेश्यको वारेमा प्रष्ट पार्नुभएको थियो । आजदेखि सुरु भएको कार्यक्रममा गलकोट नगरपालिकाका सवै वडा वाट २ जनाका दरले २२ जना युवाहरुको सहभागि रहेका छन् ।
कार्यक्रममा जिल्ला युवा समिति अध्यक्ष सुमन वोहोराले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाको अध्यक्षता तथा शिक्षा शाखा प्राविधिक मनु सिंजालिको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)