बुटवल, चैत्र २-
जागरण मिडिया सेन्टर र रेडियो जागरण बुटवलले राष्ट्रिय दलित पत्रकार संघ, नेपाल र शान्ति समाजका नवनिर्वाचित नेतृत्वलाई सोमबार बुटवलमा सम्मान गरेको छ ।
बुटवलमा सम्पन्न भएको प्रथम अधिवेशनले रेडियोका अध्यक्ष तथा सेन्टरका सल्लाहाकार विनोद पहाडीको नेतृत्वमा राष्ट्रिय दलितपत्रकार संघ, नेपालको ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
नवनिर्वाचित अध्यक्ष पहाडी नेतृत्वको पदाधिकारी र केन्द्रीय सदस्य, मानवअधिकार तथाशान्ति समाजका सभापतिगोविन्दखनाल, विद्यावारिधि गरेका बुटवलका बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईलाई संस्थाकाअध्यक्ष संविधानसभा सदस्य कमला विश्वकर्माले खादा र टिकाले सम्मानगर्नुभएको हो । यसैगरि राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल बराईली, उपाध्यक्ष मिलन परियार, उपाध्यक्ष विनोद परियार, महासचिव लक्ष्मण दर्नाल, सचिव रीता बुढाथोकी, कोषाध्यक्षभीम घिमिरे, केन्द्रीय सदस्य सञ्जय सौगात र प्रेम सुनारलाई सम्मान गरिएको हो । यस्तै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिवमिना ढकाललाई सम्मान गरिएको छ ।
उक्तअवसरमा बोल्दै संविधानसभा सदस्य समेत रहेका सेन्टरकाअध्यक्षविश्वकर्माले शूभकामनादिदै सामाजिकन्यायको मुद्धालाई मूलधारमा ल्याउनुपर्नेमा जोड दिइन । उनले राष्ट्रिय दलितपत्रकार संघको नवनिर्वाचितकार्यसमितिले पत्रकारिताको दीगो विकास, दलित समुदायको मुद्धालाई स्थापित गराउने गरि कलमचलाउन आग्रह गरिन ।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले सामाजिक न्याय र समानताका पक्षमा जागरणले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले संस्थाले आफूलाई सम्मान गरेर मानव अधिकारको पक्षमा अझ बढि कामगर्ने कार्यभार सुम्पेको बताए ।
कार्यक्रममा राष्ट्रिय दलितपत्रकार संघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल बराईली, नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव राम प्रसाद आचार्य, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनीका अध्यक्ष चिन्ता परियारले बोल्दै जागरणको भूमिका अतुलनीय रहेको बताए ।
कार्यक्रम जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता, जागरण मिडिया सेन्टरका केन्द्रीय सदस्य जगलाल नेपालीको सञ्चालन तथा रेडियो जागरणका सञ्चालक समिति सदस्य सरोज गौतमको स्वागतमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)