Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी

अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी

  • 2.6K
    SHARES

  • अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी

    तिलोत्तमा, चैत्र २-

    तिलोत्तमा नगरपालिकाद्वारा आयोजित अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी भएको छ ।आइतबार भएको फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले सिद्धार्थ बोर्डिङ् स्कलुलाई ७–० ले पराजित गरी प्रथम भएको हो । 

    विजयी टिमलाई एक समारोहका बीच तिलोत्तमा नगरपालकिाका शिक्षा,युवा तथा खेलकुद् शाखा प्रमुख गंगाराम आचार्यले रु. पचास हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । द्वितीय हुने सिद्धार्थ बोर्डिङ् स्कुलले रु. तीस हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।  

    प्रतियोगितामा वेस्ट प्लेयर स्मृति बोर्डिङ् स्कुलका सरोज दर्लामी भएका थिए भने बेस्ट गोलकिपर स्मृति बोर्डिङ्का सुयोग काला मगर र हाइ स्कोरर स्मृति बोर्डिङ् स्कुलकै सुवास बम ठकुरी भएका थिए । यसै गरी बेस्ट कोच स्मृति बोर्डिङ् स्कुलका पुकार गहतराज, बेस्ट डिफेन्डर जनज्योति माविका मनिस केप्छाके र फेयर टिम कुँवरवर्ती बोर्डिङ् स्कुलले प्राप्त गरेका थिए  । 

    फागुन २२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १६ वटा विद्यालयले भाग लिएका थिए ।  जनज्योति क्लबको संयोजनमा सञ्चालित प्रतियोगिता तिलोत्तमा–४ स्थित जनज्योति क्लबको खेलमैदानमा सम्पन्न भएका थियो ।     


       

     

                         
                   

     


       

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology