Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बौद्धिकअपाङ्गता भएका बालबालिकाहरुको खेलकुद सम्पन्न

बौद्धिकअपाङ्गता भएका बालबालिकाहरुको खेलकुद सम्पन्न

  • 5.6K
    SHARES

  • बौद्धिकअपाङ्गता भएका बालबालिकाहरुको खेलकुद सम्पन्न

    बुटवल,चैत १-

    सुस्त मनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीको आयोजना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि विशेष खेलकुद आयोजना गरिएको छ ।

    बोसियाका १२ जना खेलाडी लगायत जम्मा १३० जनाको सहभागिता रहेको थियो ।

    बोसिया खेलमा सिपीतिर रुप आत्रेय र विजय खनाल प्रथम, मन्जु कंडेल र सन्तोष पुन द्वितिय स्थान हासिल गरेका छन् ।त्यसैगरी अर्को बौद्धिक तर्फ जुनु टन्डन, र विश्वास बेल्वासे प्रथम, द्वितिय स्थान हासिल गर्नेमा विभुति पाण्डेय र अर्चना के.सी रहेका छन् ।


    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले खेलकुद प्रतियोगिताको उद्दघाटन गरेका थिए भने मस्तिष्क पक्षघात (सिपि) अति अशक्त भएकाहरु बिच खेलिने खेल बोसियाका नवलपरासी सुस्ता पुर्वका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र सुस्तमनस्थिती बालविद्या मन्दिर बुटवल रुपन्देहीका अध्यक्ष लोकनाथ भुसालले शुभारम्भ गरे । 22.jpg

    लुम्बीनी प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले खेलकुद विजेताहरुलाई पुसरस्कार प्रदान गर्दै आफुले अति अशक्त अपाङ्गता भएका खेलकुद क्षेत्रमा आफ्नो र मन्त्रालयको सधै साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

    खेल सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा खेल भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology