बुटवल,भदौ २७ ।
रोल्पामा गोठ भत्किदा दाजु भाइको मृत्यु भएको छ ।अन्य २ जना घाइते भएका छन् ।
जिल्लाको लुंग्री गाउँपालिका वडा नं. १ आपे निवासी ८ बर्षीय अमर घर्ती र ११ बर्षीय युवराज घर्तीेको गोठ भत्किदा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।
गएराति साढे १२ बजेतिर गोठ भत्किदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिए ।
गोठ भत्किदा त्यसले च्यापिएर ३० बर्षीया उनीहरुकी आमा ननकली घर्ती मगर र ५० बर्षीया हजुर आमा पनि घाईते भएको राेल्पा प्रहरीले बताएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)