Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कर्णालीका प्रदेश सांसद बिस्ट पुनः माओवादीमै फर्किए

कर्णालीका प्रदेश सांसद बिस्ट पुनः माओवादीमै फर्किए

  • 4.8K
    SHARES

  • कर्णालीका प्रदेश सांसद बिस्ट पुनः माओवादीमै फर्किए

    बुटवल, चैत १-

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका कर्णाली प्रदेशसभा सदस्य ठम्मर बिस्ट माओवादी केन्द्रमै फर्किएका छन्।

    गएको प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित भएका बिस्ट नेकपा हुँदा ओली पक्षमा लागेका थिए। उनलाई शुक्रबार एमालेको ओली पक्षले केन्द्रीय सदस्य समेत बनाएको थियो।  

    बिस्टले गएको असोज २५ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। उनीसँगै माओवादीबाट निर्वाचित धर्मराज रेग्मी दैलेखले पनि मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।

    रेग्मी अहिले पनि एमालेमै छन्। उनलाई शुक्रबार एमालेको ओली पक्षले कर्णाली प्रदेश कमिटीको सचिव बनाएको छ। 

    बिस्टलाई माओवादी केन्द्रका नेता मायाप्रसाद शर्माले आइतबार प्रचण्ड निवास लगेर माओवादीमै फर्काएका हुन्। बिस्ट आत्मालोचना गरेर माओवादी केन्द्रमै फर्किएका शर्माले बताए।

    हिजो कुरा बुझिएन। अवस्था यो चरणसम्म पुग्ला भनेर सोचिएको थिएन’, बिस्टको भनाइ उदृत गर्दै शर्माले भने, ‘माओवादी आन्दोलनमा मेरो त्याग र समर्पण छ। अब मुल पार्टीमै रहेर जनताको पक्षमा लाग्छु।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology