बुटवल,फागुन २९ -
बुटवलमा भएको प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता’ को उपाधि जनउत्थान सहकारीले जितेको छ। शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पत्रकार समूहलाई ६-० गाले अन्तरले पराजित गर्दै जनउत्थानले उपाधि जितेको हो।
उपाधिसँगै जनउथानले नगद रु १० हजार,कप,मेडल र प्रमाणपत्र,प्राप्त गरेकोछ । त्यसैगरी फाइनल खेलमा पराजित हुुँदै पत्रकार समूह उपविजेता हुन सफल भएको छ । पत्रकार समूहले नगद रु ५ हजार,कप,मेडल र प्रमाण पत्र प्राप्त गरेको प्रतियोगिताकी संयोजक अमृता अनमोलले जानकारी गराइन्।
महिला समानताका लागि सञ्चार अभियानद्वारा सञ्चालित रेडियो मुक्ति ९५ थोप्लो ५ मेगाहर्जद्वारा सञ्चालित प्रतियोगितामा १० समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको बिहीबार राष्ट्रिय खेलकूद विकास परिषद्का सदस्य सचिव रमेश सिलवालले उद्घाटन गरेका थिए ।
महिला सशक्तिकरणका लागि खेलकूद’ भन्ने मूल नाराका साथ बुटवल ११ देविनगरमास्थित ग्रिनफिल्ड फुटसलमा सम्पन्न प्रतियोगितामा आयोजक रेडियो मुक्तिसहित एकल महिला समूह, पत्रकार महिला, अधिवक्ता महिला, सामाजिक अभियान्ता, सहकारी महिला समूह, उद्यमी महिला समूह, कर्मचारी महिला समूह,निजामती कर्मचारी महिला समूह, स्वास्थ्यकर्मी महिला तथा राजनीतिक तथा सांसद महिला समूहहरुको सहभागिता रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)