बुटवल,फागुन २९ -
राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको अन्तरक्रिया तथा सहभोज कार्यक्रम रूपन्देहीको बनबाटिकामा सम्पन्न भएको छ ।
महासंघ रूपन्देहीका अध्यक्ष नगेन्द्र पाण्डे कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका संस्थापक अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले महासंघले सामाजिक सेवाभावलाई अगाडि बढाईरहेको बताउनुभयो ।
उहाले महासंङ अन्तर्गत देशभर ४ हजार सदस्य रहेको बताउनुभयो । उहाले आफ्नो संस्थाले ११० जनालाइ पालन पोशण र शिक्षा दिक्षा दिएको जानकारी दिनुभयो ।
सो कार्यक्रममा रूपन्देहीको बुटवल १५ चम्किपुरमा २ कठ्ठा जग्गा दान दिनुभएका बाबुराम तिवारीलाइ सम्मान गरिएको थियो भने अन्य दाता तथा सहयोगीलाइ सम्मान गरिएको महासंघ रूपन्देहीका तुलसीराम भण्डारीले बताउनुभयो ।
सो अबसरमा स्वामिनारायण मुक्तिनाथधाम बुटवल १२ का पिठाधीस ब्रम्हनिष्ठ सन्त श्री लोकानन्द महाराज,सिद्धार्थ नगरपालिकाका मेयर हरि अधिकारीले समाजसेवा सबैभन्दा ठूलो सेवा भएको बताउनुभयो ।कार्यक्रममा महासंघका सचिब कृष्णप्रसाद काफ्ले, उदयराज काफ्ले,दयाराम न्यौपाने लगायतले बोल्दै परोपकार संस्थालाइ देशभरी फैलाउनुपर्ने बताएका थिए ।
सो अबसरमा नेपाल परोपकार महासंघ नेपालको तिलोत्तमा नगर समिति गठन गरिएको थियो । समितिको अध्यक्षमा होमकुमार केसी ,उपाध्यक्षमा कमला पराजुली ,सचिब भगवती देबि भट्टराई लगायत रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)