Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २-६ गतेसम्म हुने

एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २-६ गतेसम्म हुने

  • 3.1K
    SHARES

  • एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २-६ गतेसम्म हुने

    बुटवल,फागुन २८ - 

    नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

    उक्त बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ भने पार्टीको महासचिवबाहेक अरु पदाधिकारी हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् ।

    सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका छन् । तर बैठकको एक साताअघि नै आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

    प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् ।यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology