Logo बिहिवार, आश्विन १ गते २०८३
images

माधव नेपाल पक्षलाई नविच्क्याउन कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

माधव नेपाल पक्षलाई नविच्क्याउन कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

  • 2.5K
    SHARES

  • माधव नेपाल पक्षलाई नविच्क्याउन कार्यकर्ताहरुलाई प्रचण्डको निर्देशन

    बुटवल,फागुन २८ - 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा माधव नेपाल पक्षलाई नविच्क्याउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

    बुटवलमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माधव नेपाल र आफुहरु आन्दोलनकारी शक्ति भएका कारण उनीहरुलाई पिच्च पर्ने कुनै काम नगर्न निर्देशन दिएका हुन् ।

    प्रचण्डले एमाले पार्टी पहिलो जस्तो एमाले नरहने दाबी गर्दै नेपाल पक्षले ओली प्रवृत्ति विरुद्ध विजय प्राप्त गर्ने या विद्रोह गर्ने जिकिर गरे ।

    नेपालहरु अहिले पनि कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्नेमा रहेको बताउँदै उनले भने, ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ । यही स्थितिमा एमाले रहँदैन ।’

    पुष ५ पछि ओलीको प्रतिगमन विरुद्ध देशव्यापी आन्दोलनमा सँगै हिँड्दा माधव नेपाल र भलनाथ खनालसँग भावनात्मक सम्बन्ध बढेको उनले जिकिर गरे । माधव नेपालहरुसँग भएका कार्यकर्तालाई पार्टीमा राख्नुअघि एकपटक हेडक्वाटरसँग सम्पर्क गर्न उनले आग्रह गरे ।

    अध्यक्ष प्रचण्डले अब सक्रियतापूर्वक देशभर संगठन निर्माणमा लागि पर्ने प्रतिवद्धता जनाए । उनले आफु काठमाडौं छोडेर जिल्लामा बस्ने र माओवादी केन्द्रलाई पुनः एक नम्वरको पार्टी बनाउने दाबी गरे । अझै दुई तीन वर्ष दुःख गर्ने हो भने पार्टी एक नम्वरको बनाउनसक्ने उनको दाबी थियो ।

    अध्यक्ष प्रचण्डले ओली पक्षमा नेताहरुलाई फर्काउन कुनै पहल नगर्ने स्पष्ट पारे । विगतमा बिग्रेर गएकाहरुलाई फकाउन आफुले धेरै प्रयत्न गरेको भन्दै उनले बद्मासी गरेकाहरुलाई ल्याएर गृहमन्त्रीसमेत बनाएपनि फेरि धोखा दिएको बताए । उनले भने, बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु मेरो गल्ती भयो ।

    अरु त अरु दुई जना मान्छे नभएकालाई समेत ल्याएर स्थायी समिति सदस्य बनाएको अहिले त मन्त्री खान गए ।’ उनले आफुलाई साथ दिनेहरुलाई, दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने मशसुस हुनेगरेको आत्मसमीक्षा समेत गरे ।

    अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना भएपनि प्रतिक्रियावादीहरुको षड्यन्त्र अझै समाप्त नभएको बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology