Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुका लागि बुटवलमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता

बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुका लागि बुटवलमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता

  • 4.9K
    SHARES

  • बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुका लागि बुटवलमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता

    बुटवल,फागुन २८ - 

    सुस्तमनःस्थिति बाल विद्या मन्दिर बौद्धिक अपाङ्गता भएका बालबालीकाहरुको सेवा केन्द्र बुटवल ७ को आयोजनामा बौद्धिक अपाङ्गता भएकाहरुको लागि लुम्बिनी प्रदेश स्तरीय विशेष खेलकुद प्रतियोगिता २०७७ हुने भएको छ ।

    प्रतियोगितामा लुम्बिनी प्रदेश र प्रदेश ४ को गरि १२१ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुको सहभागिता रहने आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

    फागुन २९ गते सिद्देश्वरी माबिको प्रांगणमामा खेल हुने सुस्तमनःस्थिति बाल विद्या मन्दिरका अध्यक्ष लोकनाथ भुसालले जानकारी दिए । लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयको विशेष आर्थिक सहयोग रहेको जानकारी दिदै उनले लुम्बिनी प्रदेशका जिल्लाहरुको साथै प्रदेश ४ को चितवनका १ सय २१  बौद्धिक अपांगता भएका ५ देखि ३० वर्ष समुहका खेलाडीहरु सहित २ सय ५० जनाको सहभागिता रहने बताए ।

    प्रतियोगितामा खेल प्रशिक्षकको रुपमा काठमाण्डौ र चितवनबाट सहभागी हुने र २५० जनाको सहभागी रहने छन् । खेलकुदको रुपमा ५० मिटर,१०० मिटर, २०० मिटर दौड , लंग जम्प , हाईजम्प ,स्ट्यान्डीङ जम्प, रिले दौड, सफ्ट वल थ्रो र पूर्ण अशक्त हरुको लागी बोसिया, लगायतका खेलहरु छात्र र छात्राको उमेर समुह बनाई  प्रतियोगिता संचालन हुने उनले बताए ।

    बिहान ८ बजे देखि संचालन  हुने र  बेलुका ५ बजेसम्म  चल्ने प्रतियोगिताको उद्घाटन बुटवलका मेयर शिवराज सुबेदीले उद्घाटन गर्नेछन् भने समापन तथा पुरस्कार बितरण सामाजिक विकास मन्त्री सुर्दशन बरालले गर्ने उनले जानकारी दिए ।

    २०५१ सालमा सुस्तमनःस्थिति भएका बालबालिकाहरूका आमाबुबाहरूको सामूहिक प्रयासद्वारा सुस्तमनःस्थिति बाल विद्या मन्दिर स्थापना गरिएको प्रधानाध्यापक मिना भुसाल पाठकले बताइन् ।

    susta manasthithi.jpeg संस्थाबाट ११५ जना बौद्धिक अपांगता भएका बालबालीकाहरु लाई दिवा सेवा,गृहभेट  कार्यक्रम मार्फत सेवा प्रदान गर्दै आएको उनले बताइन्  ।

    पत्रकार सम्मेलनमा विद्या मन्दिरका सचिब पिताम्बर खरेल,कोषाध्यक्ष चन्द्रमान श्रेष्ठ,सदस्यहरु खेम गौतम,शेरबहादुर गौतम,काशिनाथ पन्थी,साबित्रा घिमिरे लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology