Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण,३०१२ जनाको मृत्यु

नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण,३०१२ जनाको मृत्यु

  • 2.3K
    SHARES

  • नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण,३०१२ जनाको मृत्यु

    बुटवल,फागुन २७ - 

    पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ४८४ जनाको नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको छ । उनीहरुमध्ये ३ हजार १२ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

    यस्तै थप ६६ जनासहित हालसम्म २ लाख ७१ हजार ११६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ रहेको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology