Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज महाशिवरात्रि पर्व,सिद्धबाबामा विहानैदेखि श्रद्धालुको घुइँचो (फाेटाेफिचर)

आज महाशिवरात्रि पर्व,सिद्धबाबामा विहानैदेखि श्रद्धालुको घुइँचो (फाेटाेफिचर)

  • 6.2K
    SHARES

  • आज महाशिवरात्रि पर्व,सिद्धबाबामा विहानैदेखि श्रद्धालुको घुइँचो (फाेटाेफिचर)

    बुटवल,फागुन २७ -

    आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ ।

    यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

    रुपन्देहीको सिद्धबाबा धाम,  मुक्तिनाथधाम, बोलबम धाम,श्रृङ्गेश्वरधाम,निलकण्ठबाबाधाम,शिद्धेश्वरधाममा दिनभर पूजाआजा गर्नेको भिड थियो ।बुटवल १२ को नयागांउ मुक्तिनाथधाममा रातभर जाग्राम सहित भजनकृतन गरिने स्वामि लोकानन्दले जानकारी दिनुभयो । धाममा बिहानैदेखि श्रद्धालुहरु जर्लापणका लागि लाम लागेका थिए ।

    उता पाल्पाको बगनासकाली बराङ्दीको महामृत्युञ्जय कैलाशनगर शिवालय मन्दिर शिवासन, सिद्धवावा धाम  तानसेनको ठुटेपिपल वद्रेश्वर शिवालय, बतासेडा“डा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका स्थानमा रहेका शिवालय मन्दिरहरुमा भक्तजनहरुको भिडभाड रहेको थियो ।

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

    siddhababa siva ratri (2).jpgपशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।siddhababa siva ratri (1).jpgsiddhababa siva ratri (3).jpgsiddhababa siva ratri (4).jpg

    शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

    siddhababa temple.jpg

    आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

    राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।mandir a.jpg

    कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

    यता रूपन्देही र पाल्पाको सिद्धबाबामा विहानैदेखि घुइँचो लागेको छ धामका अध्यक्ष दलबहादुर गुरूङले नागरिक अनलाइनलाइ बताए ।siddhababa.jpg

    महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको शिवधामहरूमा मन्दिरमा घुइँचो लाग्दछ । temple.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology