बुटवल,फागुन २६ ।
पश्चिम नेपाल बस व्यबसायी प्रा.लि.को आसन्न अधिवेशनको लागि नेपाली काँग्रेस निकटका व्यबसायीहरुले प्रजातान्त्रिक प्यानल खडा गरि उम्मेदवारी दिएका छन् ।
बुटवलबाट सञ्चालित पश्चिम नेपाल बस व्यबसायी प्रा.लि. को यहि फागुनको २८ र २९ गते प्रथम साधारण सभा तथा प्रथम अधिवेशनको मिति तय गरेसंगै संस्थामा सदस्यता लिएका बस व्यबसायीहरु राजनीतिक रुपमा एकाकार भएर सञ्चालकमा उम्मेदवारी दिएका हुन् ।
पश्चिम नेपाल बस व्यबसायी प्रा.लि. आगामी कार्यकालको लागि सञ्चालकमा मौजुदा समितिका सञ्चालक तथा प्रवन्ध निर्देशक पदम गाहाको नेतृत्वमा व्यबसायीहरुले प्यानल खडा गरेर उम्मेदवारी दिएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
पश्चिम नेपाल बस व्यबसायीको प्रा.लि.को ११ जना सञ्चालकको लागि हुने निर्वाचनमा गाहाको प्यानलबाट सुरेन्द्र श्रेष्ठ, रमेशप्रसाद अधिकारी, नारायणप्रसाद भण्डारी, कृष्णप्रसाद पाण्डे, रुकमागत पाण्डे (विदुर), कृष्णप्रसाद वेलवासे, लालबहादुर शाह गुप्ता (एलजी), शोभाखर भण्डारी, प्रेम गौचन र दिपेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
पत्रकार सम्मेलनमा प्रा.लि.का सञ्चालक तथा पूर्व अध्यक्ष दामोदर ज्ञवालीले आफूहरुले सहमतिको मोडल समेत तयार गरेर सहमतिको प्रयास गरेपनि अर्को समुह सहमतिमा नआएकोले आफूहरु चुनावमा होमिनु परेको बताउनुभयो ।
त्यस्तै सञ्चालक तथा पूर्व अध्यक्ष चोपनारायण श्रेष्ठले झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार आएपछि यातायात व्यबसायी प्रताडित हुनु परेको बताउँदै आफूहरुले समुहले चुनाव जिते व्यबसायीका समस्या समाधान हुनेगरी पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रजातान्त्रिक प्यानलले जितेमा सञ्चाल समितिको अध्यक्ष गाहालाई बनाउनेगरी ११ जनाले उम्मेदवारी दिएको र अधिकांश व्यबसायीहरुको पक्षमा रहेकाले आफूहरुको जित सुनिश्चित भएको पनि उहाँले जानकारी गराउनु भयो ।
लामो समयसम्म अर्को समुहले नेतृत्व गरेपनि व्यबसायीले आँखामा आशु बाहेक केही पनि पाउन नसकेको बताउँदै सञ्चालकमा उम्मेदवारी दिनुभएका गाहाले व्यबसायीका यावत समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रा.लि.ले व्यबसायीको व्यबसाय तथा रुट व्यबस्थि तगर्न नसकेको बताउँदै आफूहरुले चुनाव जिते त्यसको राम्रो व्यबस्थापन गर्ने र व्यबसायीलाई राहतको अनुभूति गराउने सञ्चालकका उम्मेदवार कृष्णप्रसाद वेलवासेले बताउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)