Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लव बुटवल क्यापिटलले बाँड्याे सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री

लायन्स क्लव बुटवल क्यापिटलले बाँड्याे सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री

  • 3.7K
    SHARES

  • लायन्स क्लव बुटवल क्यापिटलले बाँड्याे सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री

    बुटवल,भदाै २६-

    लायन्स क्लव अफ बुटवल क्यापिटलले रुपन्देहीका सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरेको छ ।

    कोरोना नियन्त्रणका लागि अग्र भागमा खटिनु पर्ने सुरक्षाकर्मीलाई राहात प्रदान होस भन्ने उद्देश्यले सुरक्षा सामाग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताउनु भयो ।

    शुक्रवार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरलाई साढे २ लिटर सेनिटाईजर ३ सय पीस सर्जिकल मास्क, प्रदान गरेको संस्थाका सचिव प्रकाश खनालले बताउनुभयो ।

    त्यसैगरि ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरिक्षक रुम बहादुर केसी, देविनगर प्रहरी चौकीका प्रमुख भरत थापा, डाईवरटोल चौकीका प्रमुख राम बहादुर थापा ,प्रहरी चौकी योगिकुटीका प्रमुख विमला नेपाली, नयाँगाउँ प्रहरी चौकीका प्रमुख गोकर्ण चौहान बुटवल नयाँ बसपार्कका प्रहरी हल्दार गौरव भुजेललाई सुरक्षा सामाग्री प्रदान गरिएको छ । सम्बन्धीत कार्यालयमा पुगी सुरक्षा सामाग्री प्रदान गरिएको हो ।

    उक्त कार्यमा संस्थाकी उपाध्यक्ष मीना जीसी, कोषाध्यक्ष धर्मराज शर्मा, सहकोषाध्यक्ष प्रभा अर्याल, सावित्री न्यौपाने लगायतको सहभागितामा करिव ३० हजार वरावरको सुरक्षा सामाग्री प्रदान गरिएको ब्लवले जनाएको छ । यसअघि क्लवले बुटवलको विभिन्न स्थानमा खान नपाएका करीव २५ सय घरपरिवारलाई खाद्यान्न बैक मार्फत राहात प्रदान गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology