Logo बिहिवार, आश्विन १ गते २०८३
images

फागुन २८ गते राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशन प्रचण्डले बुटवलमा उद्घाटन गर्ने

फागुन २८ गते राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशन प्रचण्डले बुटवलमा उद्घाटन गर्ने

  • 3.3K
    SHARES

  • फागुन २८ गते राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशन प्रचण्डले बुटवलमा उद्घाटन गर्ने

    बुटवल,फागुन २६-

    राष्ट्रिय दलित पत्रकार संघ नेपालको फागुन २८,२९ र चैत १ गते हुने प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ ।

    बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरि आवश्यक तयारी पूरा भएको दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले बताए । पत्रकारितालाई पेशा, ब्यावसाय मान्न तयार नभएको दलित समुदायहरु पछिल्लो एक दशकमा निकै आकर्षक पेशा बन्न सकेको उनले दाबी गरे ।

    महाधिवेशनमा देशभरबाट ४ सय बढि पत्रकारहरु सहभागिता हुने उनले बताए। कार्यक्रमको नेकपा नेता तथा पुर्व प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    यसैगरि विभिन्न राजनितिक दलहरुका नेताहरु उद्घाटन सत्रमा उपस्थित हुने उनले बताए ।महाधिवेशनमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ४ वटा पुरस्कार वितरण गरिने छ ।

    टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियारडिबि परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने पहाडीले  बताए ।

    यसैगरि दलित समदायका संचारकर्मीहरुका लागि लेखनवृत्ति समेत प्रदान गरिने छ । यसैगरि महाधिवेशनका अवसरमा आमसंचार र समावेशिताको सवाल, मिडियामा महिला, दलित महिला, दलित आन्दोलन युवा र आम संचार विषयमा छुट्टाछुट्टै कार्यशाला गोष्ठी हुने उनले जानकारी दिए  ।dalit patrakar.jpg

    साेहि अवसरमा जातीय समानताका लागि समता भोज आयोजना गरिने उनले बताए । कार्यक्रममा सम्मेलन तयारी समितिका संयाेजक बिनोद परियारको अध्यक्षतामा भएकाे कार्यक्रममा पत्रकार महासंघ रूपन्देही उपाध्यक्ष दिनेश पाण्डेले लगायतले बाेलेका थिए ।

    संघ अन्तरगत देशभर ६५ जिल्ला शाखा, सात प्रदेश र काठमाडौं उपत्यका समितिहरु क्रियाशिल छन। संघमा देशभरका झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध रहेकाे टक सुनारले बताए । 

    दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन फागुन २१ र २२ गते बुटवलमा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology