Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेकपा माओवादी केन्द्रको निर्णय :२९ गते केन्द्रीय कमिटीको बैठक, १ गते कार्यकर्ता भेला

नेकपा माओवादी केन्द्रको निर्णय :२९ गते केन्द्रीय कमिटीको बैठक, १ गते कार्यकर्ता भेला

  • 5.9K
    SHARES

  • नेकपा माओवादी केन्द्रको निर्णय :२९ गते केन्द्रीय कमिटीको बैठक, १ गते कार्यकर्ता भेला

    बुटवल,फागुन २५-

    नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार,संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ ।

    मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकार, संसद सञ्चालन र संविधान कार्यान्वयनको समग्र प्रक्रियाबारे विपक्षमा भएका दुबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

    ‘नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्छौं’ नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।

    २९ गते केन्द्रीय कमिटीको बैठक र १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको छ । स्थायी कमिटीको बैठक जारी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology