बुटवल,फागुन २४-
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको बताउनु भएको छ । न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको उहाँले बताउनु भयो ।
कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको बताउनु भयो । कार्यक्रममा बोल्दै महासचिव विप्लबले प्रधानमन्त्री केपी शर्मा ओली र कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गर्नु भयो ।
महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताउनु भयो । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी गर्नु भयो ।
उहाले प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको पनि टिप्पणी गर्नु भयो । ‘आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ । सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए ।
सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौँ भनेर भनेपनि त्यो सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको विप्लबको भनाइ रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)