बुटवल,फागुन २४-
पारदर्शी सरोकार समूह नेपाल बुटवलले ट्रान्सपरेन्सी नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गलाई रुपन्देहीमा सम्मान गरेको छ ।
एक कार्यक्रमका बिच समुहका अध्यक्ष महेन्द्र पाण्डे, उपाध्यक्ष लालहरि पाण्डे, सचिव दिपक ढकाल, निवर्तमान अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले कार्यकालको सफलताको शुभकामना दिदै सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
ट्रान्सपरेन्सी नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गले सम्मानले थप चुनौती बढाएको भन्दै अभियानलाई निरन्तर रुपमा बढाउने बताइन्।
नितिगत रुपमा दबाब दिने रुपमा टोलफ्रिमार्फत विभिन्न सुचना संकलनका काम गर्दै आएको उनले बताईन । विशेष गरि युवा र महिलाहरु लक्षित गरि अभियान थालेको उनले बताईन् ।
शहरी क्षेत्र भन्दा विकट क्षेत्रका बसोबास गर्ने जनताहरु टोल फ्रि नम्बरका बारेमा जानकारी राख्ने उनले दाबि गर्दै लक्ष अनुसार सफलता मिलेको बताईन्।
नेपालकै पहिलो पटक सम्मानित र चुनौतिपुर्ण भुमिकामा पुग्नुभएकोले पनि आफुहरु अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर यो सम्मान गरेको अध्यक्ष महेन्द्र पाण्डेले बताए। जिल्लामा भोलेन्टयर रुपमा भष्ट्रचार बिरुद्धको धेरै अभियान गर्दै आएको उनले बताए ।
आम नागरिकलाई ग्लोबल प्यारामिटर, गनासो सुन्ने अधिकारीमार्फत गुनासो सुन्ने, सुचना अधिकारीसंगै आफै सुचना राखिएको छ। सुशासन ऐन छ तर यसलाई ईभेन्टका रुपमा लिदा समस्या भएको उनले बताए । ऐनलाई कार्यान्वयन गराउन जरुरी रहेको उनले बताए । सदाचार जीवन जिउनु, पारदर्शिताको मापन गर्नु जस्ता विषय महत्वपुर्ण रहेको बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)