बुटवल,फागुन २४-
नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।
तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा र अबको रणनीतिबारे छलफल हुनेछ ।
यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)