Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीकाे धुर्कोट गाउँपालिकाले किसानका उत्पादन खरिद गरिदिने

गुल्मीकाे धुर्कोट गाउँपालिकाले किसानका उत्पादन खरिद गरिदिने

  • 4.9K
    SHARES

  • गुल्मीकाे धुर्कोट गाउँपालिकाले किसानका उत्पादन खरिद गरिदिने

    राम भण्डारी/गुल्मी,भदाै २६-

    गुल्मी धुर्कोट गाउँपालिकाले साे क्षेत्रका किसानले उत्पादन गरेका कृषीयोग्य उपज खरिद गरिदनेभएको छ । 

    ग्रामीण भेगका किसानहरुले उत्पादन गरेपनी बजार नपाएका सामाग्रीहरुलाई खरिद गरि किसानहरुलाई हौसला संगै कृषिकर्म गरेको सुखद अनुभूति दिनका लागि यसो गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो ।

    स्थानिय स्तरमा उत्पादित कृषि उपजहरुलाई यहाँ राम्रो संग प्रयोगमा नल्याउने तथा केही उपजहरु सडेर जाने गरेको अवस्थामा ग्रामीण कृषि उद्यमशिलता बुटवल बिच धुर्कोट गाउँपालिकाले सम्झौता गरेको र ग्रामीण कृषि उद्यमशिलतालेनै उपजहरु लिएर जाने गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले बताउनुभयो ।

    गाउँपालिका भित्रका किसान , कृषि समूह , कृषि फर्महरुबाट उत्पादित कृषि उपजहरु धुर्कोट गाउँपालिकामा रहेको कृषि बिकास शाखाले तोकेको केन्द्रमा लगि संकलन गर्नुहुन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

    धुर्कोट गाउँपालिका र आर्थिक समृद्धिको लागि ग्रामिण कृषि उद्यमशिलता बुटवल बिच उक्त समझदारी भएको प्रशासकिय प्रमुख काशीराम पन्थीले बताउनुभयो ।

    कृषी उपजको यस्तो छ खरिदमुल्य :-durkot.jpg

    • महिला समुहबाट निर्मित तितौरा ३८० रुपैयाँ प्रतिकेजी
    • सिन्की ४०० रुपैयाँ प्रतिकेजी
    • मुलाको सुकाएका चाना ६० रुपैयाँ प्रतिकेजी
    • बेसारका सुकाएका चाना २८५ रुपैयाँ प्रतिकेजी
    •  कोदो ३७ रुपैयाँ प्रतिकेजी
    • सोस्ता ९बोढी० १५० रुपैयाँ प्रतिकेजी
    •  ग्रेडिङ गरेको मकै ४० रुपैयाँ प्रतिकेजी
    • खैरो भट्ट ७० रुपैयाँ प्रतिकेजी
    • सेतो भट्ट ७० रुपैयाँ प्रतिकेजी
    • खैरो गहत ९० रुपैयाँ प्रतिकेजीका दरले गाउँपालिकाले खरिद गर्ने भएको हो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, भाद्र २६ २०७७०७:४४:४३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology