बुटवल,फागुन २३-
गुल्मी जुनियां चिदिपानी तराई सम्पर्क समाजको छैठौं वार्षिक साधारणसभा तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष खड्क बहादुर शाहीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि क्याप्टेन यम बहादुर खत्रीले सम्पर्क समाजले राम्रो काम गरेको र यसमा आफुपनि लागिरहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।खत्रीले समाजलाई ५ हजार १ सय नगद सहयाेग समेत गरे ।
उनले समाजले गुल्मी जुनियां चिदिपानीबाट तराई झरेर बसेकाहरुलाई एकताबद्ध बनाउदै गाउमा बसेकालाई पनि विभिन्न खालका सहयोगहरु गरिरहन सुझाव समेत दिए ।
कार्यक्रमम बोल्दै समाजका अध्यक्ष शाहीले आफुहरुले विभिन्न खालका कार्यक्रमहरु गर्दैआएको बताउदै अहिले सम्म भएका काम र अब गरिने कामहरुको बारेमा समेत जानकारी गराएका थिए । उनले आफुहरुले गरीरहेको कामलाई अझै निपुर्ण बनाउनको लागि सबैलाई सुझाव दिन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा समाजका सदस्य चन्द्रकान्ता भुषाल , समाजसेवी छवि बहादुर भण्डारी, बुटवल १२ महिला सदस्य विष्णु शाहि, डा डि वि खत्रि, सदस्य भुपति भुषालले बोलेका थिए ।
साधारणसभा तथा सम्मान कार्यक्रममा ७० वर्ष पुगेकी जेष्ठ नागरिक चुनकला खत्रीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा दान बहादुर पुन, गिरिजाप्रसाद गलामी ,वेल बहादुर थापा ,भानुभक्त भण्डारी,तुल बहादुर बि क , कृष्ण कुमारी थापा र गोविन्द आचार्यले समाजलाई ५-५ हजार सहयोग गरेका थिए ।
कार्यक्रममा समाजका कोषाध्यक्ष नविन गलामीले कोषाध्क्षको प्रतिवेदन पेश गरेका थिए । कृष्ण बहादुर क्षेत्रीको स्वागत तथा सचिव डिलमाया खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)