बुटवल,फागुन २३-
नेकपा संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र दर्ता भएको छ ।पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएको व्यहोराको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ सांसद् रामनारायण बिडारीले बताए ।
आइतबार दिउँसो २ बजेतिर महासचिवको कक्षमा दाहाल-नेपालसहित सांसदहरू निवेदन लिएर गएका थिए ।महासचिवले पत्र बुझेपनि दर्ता गर्न भने मानेका थिएनन् ।
फागुन २१ गतेको दाहाल-नेपाल पक्षको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको थियो । आइतबार पनि दलको बैठकपछि दाहाल-नेपाल पक्ष महासचिवकहाँ निवेदन लिएर गएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)