Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा नाम विवाद : ऋषि कट्टेलकाे मुद्दामा अदालतकाे फैसला आज

नेकपा नाम विवाद : ऋषि कट्टेलकाे मुद्दामा अदालतकाे फैसला आज

  • 3.1K
    SHARES

  • नेकपा नाम विवाद : ऋषि कट्टेलकाे मुद्दामा अदालतकाे फैसला आज

    बुटवल,फागुन २३-

    विवादमा रहेकाे नेकपा नाममा आज सर्वाेच्च अदालतले फैसला सुनाउँदै छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीकाे इजलाशले दुवै पक्षकाे वहस समाप्त गरी निसुमा राखेकाे थियाे।

    आफूले दर्ता गरेकाे नेकपा निर्वाचन आयाेगले अरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए। कट्टेलकाे मुद्दामा नेकपा विवाद चरम भइरहेकाे समयमा फैसला आउन लागेकाे हाे।

    आजवाट प्रतिनिधि सभाकाे हिउँदे अधिवेशन पनि सुरु हुँदै छ । निर्वाचन आयाेगले नेकपाकाे आधिकारीकता टुङ्गोमा पुर्‍याउन सकेकाे छैन। याे अवस्थामा हुन लागेकाे फैसलालाई चासाेका साथ हेरिएकाे छ।

    सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ।

    सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको छ। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology