बुटवल,भदाै २६-
गायिका उर्मिला लाम्गादे नयाँ गीत लिएर आएकी छन् । लिन आउँछु भन्थ्यौ भन्ने बोलको गीत बुढा सुव्वा डिजिटल मार्फत युट्युवमा सार्वजनिक गरिएको हो । लाम्गादेकै स्वरको गीतमा संगीत अर्जुन पोख्रेलले दिएका छन् ।
शव्द भने दिग्गज धौरालीको रहेको छ । लोक आधुनिक शैलीको गीतमा अहिलेकी चर्चित नायिका पुजा शर्मा र राज कटुवालको अभिनय रहेको छ । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् साथै अफिसियल मीडिया पार्टनर खसोखास र द न्यूयोर्क सिटी पोस्ट न्यूयोर्क रहेका छन।
लोक आधुनिक शैलीको गीतको शव्द र संगित मन परेर आफुले गीत गाएको गायिका लाम्गादेले बताईन् । गीतलाई दर्शक श्रोताले पनि मन पराउने उनको अपेक्षा छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् ।
विभिन्न गीतमा आवाज भरिसकेकी गायिका लाम्गादेले केही समय पहिले रुकुम चौरजहारी भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाएकी थिइन् ।गायिका लाम्गादेले भनिन्, ‘यसअघी पनि मैले विभिन्न शैलीका गीत गाएको थिए । यो गीतको शव्दले मन छोयो । अर्जुन पोख्रेलको संगितमा गाउन पाउँदा आफुलाई भाग्यमानी ठानेको छु ।
दर्शक श्रोताले पनि उत्तिकै माया गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु।’अहिलेका चर्चित संगितकार अर्जुन पोख्रेलले पनि शव्द संगीत र स्वरको उत्कृष्ट संयोजन गीतमा रहेको बताउनुभयो । संगीत संयोजनको दृष्टिकोणले पनि यो गीत आफुलाई निकै मन परेको उहाँको भनाई छ ।
पछिल्लो समय लोक आधुनिक शैलीको गीतलाई युट्युवका दर्शकले मन पराईरहेको भन्दै गायक पोख्रेलले लिन आउँछु भन्थ्यौ भन्ने बोलको गीतलाई पनि दर्शकले न्यया गर्ने बताउनुभयो ।
गीतमा चर्चित नायिक पुजा शर्माले उर्मिला जी को स्वर निकै प्रशंसा गर्दै आफू खुेलेर नृत्य गरेको बताईन। आशा छ सबै मेरा प्रियहरूले मन पराईदिनु हुनेछ। नायिका शर्मालाई राज कटुवालले साथ दिएका छन् । उनिहरुलाई नचाउन निर्देशक कविराज गहतराज निकै सफल देखिएका छन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)