Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा खनाल चयन

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा खनाल चयन

  • 4.3K
    SHARES

  • मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा खनाल चयन

    पोखरा,फागुन २२-

    मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद् बैठकले गोबिन्द खनालको नेतृृृत्वमा नयां कार्यसमिति चयन गरेको छ । खनाल रुपन्देही शाखाका पूर्व सभापति तथा केन्द्रिय वरिष्ठ उपसभापति समेत हुन् । 

    फागुन २१ र २२ गते पोखरामा भएको राष्ट्रिय परिषद् बैठकले आगामी २ बर्षका लागि खनालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्ण बहादुर रावल, महिला उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिब रामकृष्ण बराल,कोषाध्यक्ष जगन्नाथ पुडासैनी चयन भएका छन् ।

    समाज सचिब प्रदेश १ मा बिकास थापा, सचिब प्रदेश २ मा अमर बहादुर गौतम, सचिब बाग्मती प्रदेशमा बाबुहरी आचार्य,सचिब गण्डकी प्रदेशमा धिरज थापा, सचिब लुम्बिनी प्रदेशमा मिना ढकाल,सचिब कर्णाली प्रदेशमा पुष्पा मल्ल,सचिब सुदुरपश्चिम प्रदेशमा मदन कुवर,सचिब आदीबासी जनजातीमा रामप्रसाद जोशी, सचिब दलितमा निर्मल नेपाली, सचिब मधेशीमा बन्दना  सिंह, सचिब महिलामा नम्रता खरेल चयन भए ।

    त्यस्तैगरि ४ महिला सदस्यमा निर्मला सुबेदी, सरस्वती कुमारी नेपाली, सुमित्रा बन्जरा र सरस्वती ढकाल चयन भए भने ६ जना खुला सदस्यहरुमा लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बन्जरा, बिष्णु भुसाल,माधब प्रसाद गौतम, सन्तोष रौनियार र दिलबहादुर कार्की चयन भएका छन् ।

    नव निर्वाचित सभापति गोबिन्द खनालले मुलुकमा लोकतन्त्र र मानव अधिकारको अबस्था कमजोर भएको अवस्थामा समाज थप क्रियाशील हुने बताए । उनले सबैलाइ समेटेर अघि बढ्ने बताए । खनालले विश्वलाइ आणबिक अस्त्ररहित बनाउनुपर्नेमा जोड दिए ।

    मानव अधिकार तथा शान्ति समाजको बिधान २०५३ को दफा १० ख अनुसार उनीहरु निर्बाचित भएको निर्बाचन अधिकृत महेन्द्रप्रसाद पाण्डेले नागरिक अनलाइनलाई बताए ।

    मानव अधिकार तथा शान्ति समाज रूपन्देही देशभरमै उत्कृष्ट

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology