Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा आईपुग्यो अमेरिकन मोटरहेड डर्ट बाईक,बिक्री खुल्ला

रुपन्देहीमा आईपुग्यो अमेरिकन मोटरहेड डर्ट बाईक,बिक्री खुल्ला

  • 5.8K
    SHARES

  • रुपन्देहीमा आईपुग्यो अमेरिकन मोटरहेड डर्ट बाईक,बिक्री खुल्ला

    बुटवल ,फागुन २१। विश्वमा उत्कृष्ट अमेरिकी ब्राण्ड मोटरहेड कम्पनीको बाईक बुटवलमा लन्च गरिएको छ । सन २००६ मा उत्पादन शुरु गरेको कम्पनी मोटरहेडको नया मोडलका डर्ट सेगमेन्टका दुईपाग्रे सवारी विहिबारदेखि बजारमा आएको हो । 
    एक समारोहका बिच नेपाल अटोमेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारी, युनियनका लुम्बिनी प्रदेश राकेश गुरुङ, सचिव लक्ष्मण भण्डारी, युनियन तिलोत्तमा शाखाका शिवकुमार लामिछाने, युनियन बुटवलका रमाकान्त शाहरतले बाईकको लन्च गरेका छन। 


    अटोमेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जीवन अधिकारीले बिलासिताको साधनबाट दैनिक अनिवार्य उपयोगका साधनका रुपमा चेन्ज भएको बताए। कम्पनी उत्पादनपछि धेरै अनुसन्धान र विकासमा खर्च गर्ने भन्दै उपभोक्ताको माग अनुसार सवारी ल्याउने हुदा पनि राम्रो र गुणस्तरीय हुने उनले दाबी गरे।
    नेपालमा एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले भित्राएको हो।यसैगरि रुपन्देही क्षेत्रको आधिकारीक विक्रेता लुम्बीनी टु ह्विलर प्रालिले शुक्रबार लन्च गरेको हो । हाल मोटरहेडका टेकन २५०, स्काम्बल २५०, मोटरहेड एमएच २०० र १५०, स्पोर्ट्स २५०, अफरोड भर्जन र एसटर्क २५० गरि मोडलहरु उपलब्ध रहेको प्रालिका संचालक सुनिल भुषालले बताए ।

    बजारमा २ लाख ८८ हजारदेखि ४ लाख ५५ हजारसम्म मुल्यका बाईकहरु छन। युवाहरुको माग अनुसार बजारमा नया मोडलहरु उपलब्ध भएको संचालक अनुप शर्मा पौडेल र रबिन सुवेदीले बताए । 
    एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका जिएम उज्वल जोशीले नेपालका १५ अौ बिक्रि शाखा रहेको बताए । देशका मुख्य शहरहरुमा शोरुम उद्घाटनमात्र नभई सेल्स, सर्भिस र पार्टसंगै एक्सचेन्जलाई मध्येनजर गरेको उनले दाबी गरे । विगत १५ वर्षदेखि फिगो कम्पनी यो उत्पादन गर्दै आएको र नेपालमा प्रालिले भित्राएको पाच वर्ष पुगेको उनले बताए । बाईकको चाईनामा उत्पादन र एसेम्बल गरिने उनले बताए।

    बाईकको बिक्रिसंगै सर्भिसलाई मुख्य ध्यान दिएको उनले बताए । पावर, स्टाईल र ईकोनोमीलाई ध्यान दिने युवाहरुलाई मोटरहेड उपयुक्त भएको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण २१ २०७७०६:२७:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology