Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘बीर गोर्खालीहरुलाई सरकारले चिनेन,भूपूहरुको योगदानको सहि कदर गर्न आग्रह ’

‘बीर गोर्खालीहरुलाई सरकारले चिनेन,भूपूहरुको योगदानको सहि कदर गर्न आग्रह ’

  • 6.2K
    SHARES

  • ‘बीर गोर्खालीहरुलाई सरकारले चिनेन,भूपूहरुको योगदानको सहि कदर गर्न आग्रह ’

    बुटवल,फागुन २०- 

    संयुक्त भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी ईकाई संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेसन सम्पन्न भएको छ । विश्वमा नै बहादुरीमा नाम कमाएको ईतिहास रहेको नेपाली गोर्खालीहरु पटकपटक समस्यामा ग्रुजनुपरेको दुखेसो गरेका छन ।

    कार्यक्रमको भुपु सैनिक केन्द्रीय सहअध्यक्ष क्याप्टेन किशन बहादुर थापाले उद्घाटन गर्दै देशको गौरवपुर्ण ईतिहास बनाएका भुपुहरु संगठनात्मक रुपमा एकतावद्घ हुनु आजको आवश्यकता भएको बताए ।

    कार्यक्रममा संयुक्त भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुल बहादुर केसीले टोलटोलका भुपुहरुलाई एकतावद्घ गराउने अभियान थालेको बताए । 

    एउटा भुपुलाई समस्या पर्दा सम्बोधन नहुने भन्दै संस्थागत रुपमा अघि बढ्दा सम्बोधन हुने उनले बताए। रेमिट्यान्स भित्राएर देशकै आर्थिक विकास गर्ने भुपुहरुको योगदानको सम्मान हुन नसकेको उनले बताए ।

    कार्यक्रममा ईकाई अध्यक्ष सुवेदार बलबहादुर थापाले अनुसासन, शिक्षा अहिलेको आवश्यकता भएको बताए । महासंघका सल्लाहकारहरु क्या।हेम बहादुर राना, सुवेदार दल बहादुर थापा, सचिव सुवेदार पदम प्रताप जिसि, क्या।दल बहादुर पुन, हेम बहादुर राना, दल बहादुर गुरुङ, तारा विक्रम बुढाथोकी, टेक बहादुर महतराले नया पुस्तालाई ईतिहास सिकाउन जरुरी रहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology