बुटवल,फागुन २०-
शहिद यादवनाथ आलोकको स्मृतिमा विहिबारदेखि रुपन्देहीमा फुटसल प्रतियोगिता शुुरु भएको छ ।
एक वर्षअघि घोषणा गरेको भएपनि कोभिड १९ संक्रमणका कारण स्थगित भएको प्रतियोगिता स्वर्गीय सहिद परिवारका बिना न्यौपानेले उद्घाटन गर्दै युवाहरुबाट नमुना काम भएको बताईन।
नेपाल तरुण दल, तिलोत्तमा नगर समितिको आयोजनामा तिलोत्तमा नगरमा भएको पहिलो दिन ८ खेल सम्पन्न भएका छन।
उद्घाटन खेलमा वडा नं १३ ले वडा नं १६ माथि जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
वडा नं १३ ले ३(० गोलको जित निकालेको हो । यसैगरि विहिबार भएको खेलमा वडा नं १ ले वडा नं ९, वडा नं २ ले ८, वडा नं ३ ले ७, वडा नं ४ ले ५, वडा नं १४ ले वडा नं १०, वडा नं १५ ले ११ तथा वडा नं १७ ले १२ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन।
फागुन २० गतेदेखि ३ दिनसम्म संचालन हुने प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिने खेल संयोजक अर्जुन क्षेत्रीले बताए। प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
विधागत रुपमा समेत सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्सलाई पुरस्कृत गरिने उनले बताए । यसैबिच पत्रकार र आयोजक बिच मैत्रीपुर्ण प्रतियोगिता समेत आयोजना गर्ने नेपाल तरुण दल, तिलोत्तमा नगरका अध्यक्ष खिम बहादुर क्षेत्रीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)