Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस संगठन नेपाल रुपन्देहीमा नयाँ कार्यसमिति : संयोजकमा रायमाझी ,परियार सहसंयोजक र पाण्डे बने सचिव

प्रेस संगठन नेपाल रुपन्देहीमा नयाँ कार्यसमिति : संयोजकमा रायमाझी ,परियार सहसंयोजक र पाण्डे बने सचिव

  • 4.6K
    SHARES

  • प्रेस संगठन नेपाल रुपन्देहीमा नयाँ कार्यसमिति : संयोजकमा रायमाझी ,परियार सहसंयोजक र पाण्डे बने सचिव

    बुटवल,फागुन २०- 

    प्रेस संगठन नेपाल रुपन्देहीको भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    बिहीबार बुटवलमा सम्पन्न भेलाले संयोजकमा कमल रायमाझी , सहसंयोजकमा विनोद परियार र सचिवमा शंकर पान्डे सर्वसम्मत रुपमा चयन गरेको छ ।

     संयोजक रायमाझी लुम्बिनीखबर पत्रिकाका सम्पादक हुन् भने सहसंयोजक परियार नागरिक दैनिकका बुटवल सम्बादाता हुन् । यसैगरी सचिव पान्डे रुपन्देही एफ एमका स्टेशन म्यानेजर हुन् ।

    यसैगरी संगठनको सदस्यहरुमा भरत पान्डे, कपिल अधिकारी, टक सुनार, राज चौधरी, मोहन न्यौपाने, प्रतिक पौडेल, मनोज क्षेत्री, राधा बस्नेत, जितेन्द्र थारु, अम्बिका परियार, सन्जय गुरुंग, पार्वती न्यौपाने, गोम बहादुर केसी, सावित्रा घिमिरे, जगलाल नेपाल, अन्जना चौहान, कृष्ण गाउले, सचिन चौधरी, कृष्ण रणपाल, शनिकुमार पाठक, दिपक जयसवाल, निर्मल थापा, विष्णु पोखरेल, भरत नेपाली सर्वसम्मत रुपमा चयन भएका छन् ।

    नया नेतृत्वलाई संगठनका प्रदेश संयोजक मानसिंह विश्वकर्माले सपथ ग्रहण गराएका थिए ।

    बन्दसत्रमा संगठनका प्रदेश इन्चार्ज विकास बन्जाडे, संगठनका केन्द्रिय नेता विनोद पहाडी, सिद्धिचरण भट्टराई, भुवन कार्कि, घनश्याम गौतम लगायतले बधाई मन्तब्य राख्दै नया नेतृत्वले नया जोश र उमंगका साथ काम गर्ने विश्वास व्यक्त गरे । शुभकामना दिदैं वक्ताहरुले प्रतिगमनको विरुद्ध सशक्त रुपमा उभिन नया नेतृत्व अझै सफल हुने पनि बताए ।

    घनश्याम गौतम, भुवन कार्कि, विन्दुकुमार चौहान, ओम पंगेनी, नरेश केसी, सरु राना र गुनाराम घिमिरे सहितको ७ सदस्यीय अध्यक्ष मन्डलले नया नेतृत्व चयनकोलागि भूमिका खेलेका थिए ।

    यसैबीच प्रेस संगठन रुपन्देहीको भेलाले संगठनको प्रदेश सदस्यमा दीपक गलामी, हिक्मत चौधरी, पशुपति यादव, माया केसी, सन्जय सौगात,  प्रकाश न्यौपाने, पुनहरी बेलबासे, उषा केसी, कल्पना घिमिरे र प्रदीप जिसीलाई सिफारिश गरेको छ ।

    यसैबीच प्रेस संगठन नेपाल रुपन्देहीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रतिगमनको विपक्षीमा उभिएका पत्रकार संघसंगठनबीच सहकार्य गरेर अगाडी बढ्ने,  प्रतिगमन विरुद्ध सहकार्य गर्नेहरुलाई धन्यवाद दिने , श्रमजीवि पत्रकारलाई विभिन्न बहानामा मिडीया हाउसले हटाउने कार्यको विरोध गर्ने, सरकारी सन्चार गृहहरुले प्रतिगमन विरुद्धमा लागेकै कारण सम्बाददाताहरुलाई धम्काउने, मानासिक तनाब दिने कार्य गरेकोप्रति आपत्ति जनाउने र उनीहरुको रोजगारीको ग्यारेन्टीकोलागि पहल गर्ने एवं लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले बितरण गर्न माग गर्ने ,  बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले बौद्ध दर्शन र सञ्चार विषयमा विद्याबारिधी हासील गर्नु भएकोमा बधाई ज्ञापन गर्ने र अग्रज पत्रकार कृष्णसेन इच्छूक, हृदयचन्द्र सिंह, अग्निशीखा लगायत दिवंगत पत्रकारहरुप्रति हार्दिक श्रदा सम्मान व्यक्त गर्ने गरी रुपन्देही घोषणापत्र समेत जारी गरेको छ । संगठनले घोषणापत्र तयारीकोलागि संगठनका केन्द्रिय सदस्य रुद्रहरी कुवरको संयोजकत्वमा भिस्म पन्थि र माया के।सी सदस्य रहेको तीन सदस्यीय समिती समेत गठन गरेको थियो ।

    भेलाले श्रमजीवी पत्रकारका पक्षमा सात बुँदे बुटवल घोषणापत्र पनि जारी गरेको हाे ।

    राजनीति गर्नेहरुले नैतिकता गुमाउँदा देश संकटमा :मन्त्री सुदर्शन बराल

    भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले  राजनीतिमा नैतिकताको मुल्यांकन नभएको बताए ।sudarsan baral.jpg

    उनले राजनीति गर्नेहरुले नैतिकता गुमाउँदा देश संकटमा पर्ने गरेको भन्दै त्यस्तो बेला संचारजगतले खबरदारी गर्नुपर्ने उनले औंल्याए ।

    बरालले भने, ‘राजनीतिक बिचलन बेला मिडियाले खबरदारी गर्न जरुरी छ, जति धेरै आलोचना भयो, त्यती नै राजनीति अशल दिशामा अघि बढ्छ ।’ कतिपय ठूला संचारगृह योजनाबद्ध रुपमा प्रहार गर्ने गरेको भन्दै उनँले रचनात्मक आलोचना सधै उपयुक्त हुने बताए । देशी बिदेशी शक्ति केन्द्रको हस्तक्षेपले गर्दा नै प्रतिनिधि सभा विघटन भएको उनको तर्क थियो ।

    कार्यक्रममा नेकपा रुपन्देही अध्यक्ष राजु गुरुङ,सचिव निर्मल जीसी, वरिष्ठ पत्रकार वालकृष्ण चापागाई, बिनोद पहाडी, शिद्धिचरण भट्टराई, संगठनका संगठनका केन्द्रीय सदस्य घनश्याम गौतम, लुम्बिनी प्रदेश इन्चार्ज बिकास बन्जाडे, संयोजक मानसिंङ बिक, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, पत्रकारहरु भुवन कार्की, रुद्रहरी कुँवर, नरेश केसी ,बिनोद परियार लगायतले आआफ्नो धारणा राखेका थिए ।sangathan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology