Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि रितिक र प्रेरणालाई

  • 2.8K
    SHARES

  • चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि रितिक र प्रेरणालाई

    बुटवल,फागुन १८ - 

    रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन। मंगलबार भएको रोमान्चक फाईनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन।

    यसैगरि महिला सिगलको उपाधि प्रेरणा कोईरालाले जितिन । उनले फाईनलमा अभिलाषा विष्टलाई ६-३, ६-१ को सेटमा जित निकाल्दै हात पारिन। 

    यसैगरि ३५ प्लसमा कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६-२, ६-० को सेटमा पराजित गर्दै जित निकाले । बुटवलका श्रेष्ठ पहिलोपटक फाईनल पुगेका हुन।

    यसैगरि ४५ प्लसमा चन्द्र शाहि यु एण्ड मि ले धर्म लामिछानेलाई ६-४,६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे। यसैगरि ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६-७, ६-२, १०-२ को सेटमा जित निकाले। winner lan tenis.jpg

    एक समारोहका बिच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरुङले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् । 

    यसैबिच नेपालका टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित दोसल्लाबाट सम्मान गरिएको रुपन्देही लन टेनिस संघका सचिब तथा खेल संयोजक गोपाल ज्ञवालीले बताए । 

    प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च भएको उनले बताए ।  प्रतियोगिता बुटवलको देवीनगरमा रहेको लन टेनिस कम्प्लेक्समा फागुन १४ देखि शुरु भएको थियो । 

    3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology