Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इडीआइले गर्याे जर्सी प्रायोजन,जीआर क्रिकेट क्लवको जर्सी भैरहवामा अनावरण

इडीआइले गर्याे जर्सी प्रायोजन,जीआर क्रिकेट क्लवको जर्सी भैरहवामा अनावरण

  • 9.2K
    SHARES

  • इडीआइले गर्याे जर्सी प्रायोजन,जीआर क्रिकेट क्लवको जर्सी भैरहवामा अनावरण

    बुटवल,फागुन १८ - 

    भैरहवामा संचालन भैरहेको नेपाल टेलिकम रुपन्देही सुपर लिगमा सहभागी जिआर क्रिकेट क्लब टिमको जर्सी अनावरण कार्यक्रम सम्पन्न भएको छ।

    जर्सी प्रायोजन मिलनचोक, बुटवलमा अवस्थित इडीआइ ग्लोबल एजुकेसनले गरेको छ। जर्सी अनावरण कार्यक्रम अन्तर्गत इडीआइग्लोबल एजुकेसन  इडीआइको सम्पुर्ण टिमले उक्त जर्सी क्लब का कप्तान धीरज साही लाइ हस्तान्तरण गरेको थियो ।

    उक्त क्लबका प्रशिक्षक , पुर्व जिल्ला रुपन्देही सचिब र हाल नगर खेलकुद विकाश समिति सदस्य गंगा राम सुनारले इडीआइ ग्लोबल एजुकेसनको सम्पुर्ण टिमलाइ जर्सी हस्तान्तरण गरेका थिए।

    कार्यक्रममा बोल्दै इडीआइ ग्लोबल एजुकेसनका कन्ट्री डाइरेक्टर सुरज पुरीले क्रिकेट खेल आफुले सधै मन पराएको र यसको विकाशमा  इडीआइ ग्लोबल एजुकेसन सधै लागि राख्ने जानकारी दिए ।

    संस्थाका लागि मार्केटिंग हेड कमल ज्ञवालीले जिआर क्रिकेट क्लब को साथ् आगामी दिन मा पनि विभिन्न कार्यक्रममा पनि रहने भन्ने प्रतिबद्ता जनाए ।

    कार्यक्रममा बोल्दै इडीआइ ग्लोबल एजुकेसनका बुटवल शाखा निर्देशक टंक पन्थीले संस्थाले दिने सेवा सुविधा बारे जानकारी गराए ।

    जिआर क्रिकेट क्लबका प्रशिक्षक गंगा राम सुनारले जिआर क्रिकेट क्लबको आगामी आउने कार्यक्रमको जानकारी दिदै इडीआइ ग्लोबल एजुकेसन लाइ धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।edi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology