Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना विशेष अस्पताल बुटवलमा नवलपरासी सुस्ताका कोरोना संक्रमितको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा नवलपरासी सुस्ताका कोरोना संक्रमितको मृत्यु

  • 2.6K
    SHARES

  • कोरोना विशेष अस्पताल बुटवलमा नवलपरासी सुस्ताका कोरोना संक्रमितको मृत्यु

    बुटवल,भदाै २६- 

    बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार उनी नवलपरासी सुस्ता–५ का ५५ वर्षीय पुरुष हुन।

    उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो। भदौ १९ गते कोरोना विशेष अस्पतालको आइसीयूमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

    रुपन्देहीमा ८३ जना कोरोना भाइरसका संक्रमित थपिए :

    रुपन्देहीमा शुक्रबार ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ५० जना पुरुष र ३३ जना महिला हुन्।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबारको तथ्यांकसँगै रुपन्देहीमा संक्रमितको संख्या १५०४ पुगेको छ। जसमध्ये ६९७ जना सक्रिय संक्रमित हुन्।शुक्रबार थपिएकामध्ये सबैभन्दा बढी बुटवलका छन्।

    बुटवलका २६ पुरुष र २० महिला गरी ४६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए।यस्तै सिद्धार्थनगर भैरहवामा ११ जना महिला र ११ जना पुरुष गरी २२ जना संक्रमित थपिएका छन् भने मायादेवीमा २ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सुद्धोधन गाउँपालिका, कोटहीमाइ गाउँपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिका मा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

    तिलोत्तमा नगरपालिकामा ५ जना पुरुष र २ जना महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको छ।रुपन्देहीमा शुक्रबारसम्म ७९३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology