बुटवल,फागुन १८ -
नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।
विप्लव समूहले प्रतिबन्ध फुकुवा,जेल र हिरासतमा रहेका नेता कार्यकर्तालाइ बिनासर्त रिहा गर्नुपर्ने र अहिलेसम्म लगाइएका मुद्धा खारेज गर्नुपर्ने ३ वटा माग राखेका छन् । भने अहिलेसम्मको समीक्षा सभा,अन्तरिम सरकार गठन र बैज्ञानिक समाजबादको यात्रामा जानुपर्ने माग राखेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)