Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्वी नवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुधे,चालकद्वय विक र न्यौपानेको मृत्यु

पूर्वी नवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुधे,चालकद्वय विक र न्यौपानेको मृत्यु

  • 1.9K
    SHARES

  • पूर्वी नवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक जुधे,चालकद्वय विक र न्यौपानेको मृत्यु

    बुटवल,फागुन १८ -

    पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

    दुवै चालकको जिल्ला अस्पताल डण्डामा आज बिहान करिब तीन बजेतिर मृत्यु भएको हो । दुर्घटनामा दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् । घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई-६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन् ।

    उनीहरु दुवैको अवस्था गम्भीर रहेको र चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology