बुटवल,फागुन १७ -
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उद्योग बाणिज्य संघको २४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित शान्ति समाजका आजिवन सदस्य बिमलराज भट्टराई र महिला सदस्यमा निर्वाचित शान्ति समाजकी कार्यसमिति सदस्य जमुना पौडेललाइ टीका र खादा लगाएर सम्मान गरिएको हो ।
समाजका सभापति डिपि खनालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित महासचिब बिमलराज भट्टराईले उद्योगी ब्यबसायीका समस्या समाधानका लागि आफुहरु प्रयत्नशील रहनृे बताए ।
उनले सबै उद्योगी ब्यबसायीको मर्म बुझेर अघि बढ्ने बताउदै शान्ति समाजले आफुहरुलाइ सम्झेर सम्मान गरेकोमा धन्यबाद समेत दिए । त्यस्तै महिला सदस्य जमुना पौडेलले निर्वाचनबाट लडेर अघि बढ्ने र सेवा गर्ने मौका मिलेको भन्दै सबैको सहयोग रहेमा नमुना काम गर्ने समेत बताइन् ।
सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले समाजको नाम उचो गराएर काम गर्न आग्रह गरे । उनले फागुन २१ र २२ गते पोखरामा हुने राष्ट्रिय परिषद बैठकको सबै तयारी पूरा भएको र १९ गते केन्द्रिय टीम पोखरा जाने समेत बताए ।
समाजका रुपन्देही सभापति डिपी खनालले अन्य संस्थाहरुको नेतृत्वमा पुग्नेहरुलाइ हौसला थप्ने काम शान्ति समाजले गर्ने बताए । कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य मिना ढकाल,पूर्व सभापति लालहरी पाण्डे,मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सचिव कपिल ज्ञवाली लगायतले बोल्दै सम्मान गरिएका ब्याक्तिहरुले बाणिज्य संघमा राम्रो काम गरेर इतिहास कायम गर्न आग्रह गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)