Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पुनर्स्थापित संसदको बैठक फागुन २३ गतेका लागि बोलाइयो

पुनर्स्थापित संसदको बैठक फागुन २३ गतेका लागि बोलाइयो

  • 2.4K
    SHARES

  • पुनर्स्थापित संसदको बैठक फागुन २३ गतेका लागि बोलाइयो

    बुटवल,फागुन १७ -

    प्रतिनिधिसभाको अधिवेशन २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गर्दै सोमबार बैठक आह्वान गरेकी हुन् ।

    गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।Samsad-adhibesan.jpg

    गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट विघटन गरिएको संसद सर्वोच्च अदालतको फैसलासँगै पुनर्स्थापित भएको छ । सोही अनुरुप फागुन ११ गते सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।

    सर्वोच्चको आदेश अनुरुप नै १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको हो । पुनर्स्थापित प्रतिनिधिसभाको अबको बैठक विशेष रहने अपेक्षा गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology