Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि,रुपन्देहीमा थपिए १०२

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि,रुपन्देहीमा थपिए १०२

  • 3.7K
    SHARES

  • पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि,रुपन्देहीमा थपिए १०२

    बुटवल,भदाै २६- 

    पछिल्लो २४ घण्टामा १४५४ जनामा कोरोना भाइरस कोभिड -१९ को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । उनीहरुमध्ये ३२२ जनाको मृत्यु भएको छ भने ३६ हजार ६७२ जना संक्रमणमुक्त भएका छन् ।

    देशभरका प्रयोगशालामा १० हजार ७०१ नमुना परीक्षण गर्दा ४६३ महिला र ९९१ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मात्र ९७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कहाँ कति थपिए संक्रमित ?

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ६९६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ६२० जना काठमाडौंका छन् भने ललितपुर र भक्तपुरका ३८-३८ जना छन् ।

    यस्तै रुपन्देही १०२ जना, कैलालीका ६७, मकवानपुरका ५४, मोरङका ४७, सुनसरीका ४४, सिराहाका ४२, नवलपुरका ३८, नवलपरासीका ३५, कपिलवस्तुका २८, सुर्खेतका २६, गुल्मीका २०, बाँकेका १८, झापा र संखुवासभाका १४-१४ जना, प्युठानका १३, पाल्पाका १२, काभ्रे, कास्की र रुकुम पूर्वका ११ जना, तनहुँका ८ र सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    दाङका ५ जना, रौतहट, गोरखा, लमजुङ र डोटीका ६-६ जना, सप्तरी र स्याङ्जाका ४-४ जना, पर्सा, नुवाकोट र रोल्पाका ३-३ जना, धनुषा, बारा, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, पर्वत र कञ्चनपुरका २-२ जना तथा धादिङ, रामेछाप, बर्दिया र जुम्लाका १र१ जनामा पनि संक्रमण देखिएको छ ।

    यससँगै देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ९२५ भएको छ । उनीहरुमध्ये २५ जनाको भेल्टिलेटर र १७० जनाको आईसीयूमा उपचार भइरहेको छ । ६ हजार ६३४ जना भने होम आइसोलेनसमा रहेको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology