Logo मंगलवार, श्रावण १२ गते २०८३
images

 ब्राउन सुगरसहित नेकपा नेतृ पक्राउ,श्रीमान् भने न्यायाधीश !

 ब्राउन सुगरसहित नेकपा नेतृ पक्राउ,श्रीमान् भने न्यायाधीश !

  • 2.8K
    SHARES

  •  ब्राउन सुगरसहित नेकपा नेतृ पक्राउ,श्रीमान् भने न्यायाधीश !

    बुटवल,फागुन १७-

    तुलसीपुरमा एक न्यायाधीशकी श्रीमती  ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ निवासी ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन् ।

    तुलसाका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीश हुन् । तुलसा नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् । उनलाई ब्राउनसुगर लकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

    तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २।२२ ग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले पनि पुष्टि गरे ।

    इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा तुलसाको स्कूटरबाट प्रतिबन्धित लागुऔषध बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।तुलसाले आफुलाई फसाइएको प्रतिक्रिया दिएकी छिन् ।

    उनले आफ्नो स्कुटरमा फेला परेको ब्राउन सुगरबारे आफुलाई थाहा नभएको भन्दै आफ्नो बचाउ गर्ने प्रयास गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् । पोखरेललाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology