बुटवल,फागुन १६-
लुम्बिनी अटोमोबाइल्स डिलर्स एसोसिएसन (लुम्बिनी नाडा) लाई राजश्व अनुसन्धान कार्यालय बुटवलले सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
लुम्बिनी नाडाको नवनिर्वाचित कार्यसमितिलाई राजश्व कार्यालयमा भेट गरी आइतबार सम्मान गरिएको हो ।राजश्व अनुसन्धान कार्यालय बुटवलका कार्यालय प्रमुख राजन बिसीले नाडा लुम्बिनीका अध्यक्ष गणेशप्रसाद भट्टराई लगायत टोलीलाई सम्मान गरेका हुन् ।
सो अवसरमा कार्यालय प्रमुख बिसी र लुम्बिनी नाडाको टोलीबीच कर तथा समसामयिक विषयमा छलफलसमेत भएको छ ।उक्त अवसरमा बोल्दै कार्यालय प्रमुख बिसीले इमान्दार भएर कर तिर्न व्यवसायीहरुलाई आग्रह गरे ।
व्यवसायीलाई आवश्यक परेमा भिसिटिएस, कर तथा भन्सारसँग सम्बन्धित तालिम कार्यालयले प्रदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
पछिल्लो समय कर चोरी तथा छलीमा धेरै कमी आएको र अझै न्युनीकरण गर्नुपर्नेमा उनले जोड दिए ।लुम्बिनी नाडाका अध्यक्ष भट्टराईले व्यवसायीले इमान्दार भएर कर तिरिरहेको बताए । नजानेर कतैबाट गल्ती भएको भए सच्याउन तयार रहेको उनको भनाइ छ । राजश्व कार्यालयसँग सहकार्य गरी आफूहरु अगाडि बढ्ने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)