बुटवल,फागुन १६-
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आजदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि १० नक आउट क्रीकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा तिलोत्तमा क्रीकेट एकेडेमी मणिग्राम बिजयी भएको छ । तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाइ ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूवात गरेको हो । सन्जिवनिले दिएको ८५ रनको लक्ष तिलोत्तमाले ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जितकालागी तिलोत्तमाका कृष्ण कार्किले सर्वाधिक ४३ रनको योगदान गरे । कार्की प्रतियोगिताको म्यान अफ द म्याछ समेत बनेका छन।
प्रतियोगिताको दोस्रो खेलमा परासी पल्टन अनुपस्थित भएपछी लुम्बिनी नव युवा क्लब वाक ओभरमा बिजयी भएको आयोजक तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए । यो संगै सन्जिवनी शिक्षा सदन र नवलपरासी पल्टन प्रतियोगिताबाट बाहिरिएका छन ।
प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा बुटवल युथ क्लव र आर।आर। चिलिया बिच खेल हुनेछ भने दोस्रो खेलमा तिलोत्तमा वडा नम्बर १ र सैनामैना क्रीकेट क्लव भिड्ने आयोजकले जानकारी दिनुभयो ।
तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यता र तिलोत्तमा क्रिकेट बिकास समितिका सह सचिव मिलन भण्डारीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)