Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

सेयर बाँडफाँटको नतिजा हेर्न सीडीएससी वेबसाइट

सेयर बाँडफाँटको नतिजा हेर्न सीडीएससी वेबसाइट

  • 4.5K
    SHARES

  • सेयर बाँडफाँटको नतिजा हेर्न सीडीएससी वेबसाइट

    बुटवल,फागुन १६- 

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ ।

    धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गर्दा  समयमै नतिजा हेर्न नसक्ने भएपछि सीडीएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।

    सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

    सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology