Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लियो क्लव अफ बुटवल खस्यौली युथद्वारा अर्घाखाँचीमा अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट संचालन

लियो क्लव अफ बुटवल खस्यौली युथद्वारा अर्घाखाँचीमा अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट संचालन

  • 3.7K
    SHARES

  • लियो क्लव अफ बुटवल खस्यौली युथद्वारा अर्घाखाँचीमा अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट संचालन

    बुटवल,फागुन १५-

    लियो क्लब अफ बुटवल खस्यौली युथले अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट शुरु गरेको छ ।

    आफू भन्दा कम भाग्यशालीहरूलाई उद्यमशील बनाएर आर्थिक उपार्जन होस् भन्ने उद्धेश्यले प्रोजेक्ट शुरु गरेको क्लवले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

    पहिलो चरणमा अर्घाखाँचीको भूमिकास्थान ६ खिल्जी निवासी अपाङ्गता भएका निम बहादुर घर्तिलाइ उद्यमशील बनाउन २ वटा कुटानी पिसानी गर्ने मेसिन प्रदानका साथै आर्थिक सहयोग गरिने प्रोजेक्टका सह संयोजक तथा क्लबका सह कोषाध्यक्ष केशव खनालले जानकारी दिए ।

    कम्मरभन्दा तलको भाग नचल्ने घर्तीले आफ्ना दैनिक काम काज,कृषिकर्म लगायतका काम सहजै गर्ने गरेको र उनलाई उद्यमी बनाउनको लागि क्लबले सहयोग गरेको जानकारी दिए ।

    फागुन २९ गते कार्यक्रमको शुभारम्भ गरिने क्लवले जनाएको छ। प्याकेजिङ गरिएका सामाग्रीहरूको बजारीकरणमा समेत क्लवले काम गर्नेछ ।

    देशबिदेशबाट दाताहरुको सहयोगमा ४ लाख ५० हजारको लागत रकममा प्रोजेक्ट शुभारम्भ गर्न लागेको क्लबका निवर्तमान अध्यक्ष राजिवजंग सिंह कुवरले बताए ।

    उनले आफ्नो कार्यकालमा बनेको योजना कोरोनाको कारणले रोकिएको र अहिलेका अध्यक्ष सुमित सापकोटाको टीमले कार्यक्रम चलाउन लागेको उनको भनाइ छ ।

    घर्तीलाई सहयोग गर्नपूर्व घर्तीको सहमति,स्थानीयपालीका तथा अगुवाहरुसंग छलफल  गरिएको घर्तीको घर अर्घाखांची पुगेका क्लवका अध्यक्ष सुमित सापकोटा जानकारी दिए ।

    पत्रकार सम्मेलनमा बोल्दै स्पोन्सर क्लव लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष राजु पौडेलले क्लबका अन्य शाखाले पनि सहयोग गर्दै आएको बताउदै अपांगता भएका ब्यक्तिलाई आत्मनिर्भर बनाउनको लागि उद्यमशीलता तथा स्वरोजगारी कार्यक्रम चलाइएको बताए ।leo.jpg

    उनले उनले यो अभियानलाइ दीर्घकालसम्म फरकफरक स्थानमा संचालन गर्ने र नियमित गर्ने प्रतिबद्धता जनाए ।फरक फरक जिल्लामा प्रोजेक्ट सञ्चालन हुने र आर्थिक उपलब्धता भएसम्म वार्षिक १ जिल्लामा १ प्रोजेक्ट सञ्चालन गरिने उनको भनाइ छ ।

    कार्यक्रममा क्लवका सल्लाहकार ज्ञानु पुन, क्लबका कार्यवाहक अध्यक्ष एवं प्रथम उपाध्यक्ष रोशन रायमाझी, क्लव सचिव दीपक खरेल, पिआरओ कल्पना डुम्रे ज्ञवाली,पत्रकार कपिल ज्ञवाली लगायतले बोल्दै क्लवको चलाएको अपाङ्गता स्वरोजगार उद्यमशीलता प्रोजेक्टको सफलता र सहकार्यमा प्रतिबद्धता जनाएका थिए ।

    लियो क्लब अफ बुटवल खस्यौलीले बिभिन्न सामाजिक क्षेत्रमा कामहरू गर्दै आइरहेको छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology