Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्यान्सर पिडित सुबेदीलाई १८ लाख ४० हजार ८०१ रुपैया हस्तान्तरण

क्यान्सर पिडित सुबेदीलाई १८ लाख ४० हजार ८०१ रुपैया हस्तान्तरण

  • 2.5K
    SHARES

  • क्यान्सर पिडित सुबेदीलाई १८ लाख ४० हजार ८०१ रुपैया हस्तान्तरण

    बुटवल,फागुन १५ । 

    बाग्लुङ गलकोट नगरपालिका वडा नम्वर ४ की ४७ बर्षिय दुर्गा सुवेदी सितालाइ आर्थिक सहयोग गरिएको छ । उहा २०७४ साल देखी क्यान्सर रोगले पिडित हुनुहन्छ ।सिता ४ बर्षदेखि उपचारकै क्रममै हुनुहन्छ  ।

    आर्थिक अभावले निकै कमजोर सुवेदीलाई लगातार अस्पताल धाउदा धाउदा आर्थिक समस्याले उपचारमा कठिनाई भएपछि निलुवा समाज चमुवा जापानको नेतृत्वमा जापान लगाएतका देश बिदेशमा सुवेदी उपचार सहयोग अभियान संचालन भयो ।

    प्रवासमा रहेका नागरिकहरुको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोट्स क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान बागलुङ समाज जापान लगाएतका संस्थाले अभियानमा ऐकेवद्धता जनाउदैं सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रबासबाट करिब १८ लाख ४० हजार ८ सय १ रुपैया संकलन भएको र क्यान्सर पिडित दुर्गा सुबेदीलाई हस्तान्तरण गरिएको छ ।

    समाजले ३ सय १४ जनाबाट संकलन भएको रकम सहित आजै ३७ जना स्थानीय तथा सामाजिक संघ सस्थाबाट संकलित १ लाख ६ हजार ८ सय ४५ रुपैया समेत गरि १९ लाख ४६ हजार ९ सय ५३ रुपैया हस्तान्तरण गरिएको हो । पिडित सुुबेदीलाई प्रवासमा संकलित रकमको चेक तथा स्थानीय रुपमा संकलित नगद रकम गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले प्रदान गर्नुभएको थियो । उहाँले रोगलाई जित्न आफैमा आत्मबल र आत्म बिश्वास आवश्क रहेकोले आफुलाई कमजोर महशुस नगर्न पिडित सुवेदिलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ४ का अध्यक्ष बल बहादुर खत्री, गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर बि.क सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मन्जु शर्मा चालिसे, गलकोट बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष डिलाराम शर्मा, निलुवा पर्यटकिय क्षेत्र प्रर्वद्धन समितिका सल्लाकार घनश्याम शर्मा लगाएतले क्यान्सर पिडितको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रका कोषाध्यक्ष बिकास सुबेदीले सहयोग दाताहरुको नमावली तथा रकम सार्वजनिक गर्नुभएको थियो ।क्यान्सर पिडित परिबारको तर्फबाट बोल्दै टिकाराम शर्माले दुर्गा शर्माको उपचारको लागी आर्थिक सहयोग गर्ने सहयोगदाताहरु प्रति आभार ब्यक्त गर्दै आफ्नो परिवारको सदस्यको स्वास्थ्य उपचारको लागी प्राप्त सहयोग रकम उपचारमै खर्च गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

    सहयोग रकम हस्तान्तरण कार्यक्रम निलुवा पर्यटकिय क्षेत्र प्रर्वद्धन समितिका अध्यक्ष ओमकार सुबेदीको अध्यक्षता, वडा सदस्य रुद्र प्रसाद सुवेदीको स्वागत तथा केन्द्रका सचिव हेमराज गैरेको संचालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology