Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पाकाे लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना संक्रमण पुष्टि

पाल्पाकाे लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना संक्रमण पुष्टि

  • 6.3K
    SHARES

  • पाल्पाकाे लुम्बिनी मेडिकल कलेजका अध्यक्ष पोखरेललाई कोरोना संक्रमण पुष्टि

    बुटवल,भदाै २६-

    पाल्पाकाे लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्। उनको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खनालले बताए।

    ‘जनताको सेवा गर्ने क्रममा उहाँलाई कोरोना संक्रमण भएछ’ उनले भने, ‘छिट्टै निको भएर उहाँ पुनः जनताको सेवामा फर्कनु हुनेछ। हामी आशा गरेका छौं।’ अध्यक्ष पोखरेल चिकित्सकको परामर्श लिएर होम आइसोलेसनमा बसेका छन्।

    यस कलेजमा कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन निर्माण गरिएको छ। अध्यक्ष पोखरेल अग्रपंक्तिमा रहेर संक्रमितको उपचार सेवामा सक्रिय भएका थिए। अध्यक्षको सक्रियताले यहाँका चिकित्सकको समेत आत्मबल बढेको खनालले दाबी गरे।hos.jpg

    अध्यक्षलाई कोरोना पोजेटिभ भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर २४ जनाको स्वाब संकलन गरिएको थियो। पिसिआर परीक्षणपछि उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology