बुटवल,फागुन १३ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध आएको सर्वोच्च अदालतको फैसलाले संविधान बलियो बनेको बताएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनाले संविधान झनै बलियो, विश्वसनीय र सुदृढ बनेको सिंहको दाबी गरे ।प्रगतिशील पत्रकार संघले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने बताए ।
सर्वोच्चको फैसलापछि पनि अब मुलुक अस्थिर बन्ने उनले दाबी गरे । अब तराईमा विखण्डकारी शक्तिहरूको चलखेल बढ्ने, एमसीसी पारित गराउन चाहन शक्ति लाग्ने उनको बताए । राजावादीहरूबाट पनि मुलुकमा खतरा देखिएको सिंहले बताए ।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देही अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र कोषाध्यक्ष विरेन्द्र कुवंरको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)