बुटवल,फागुन १३ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको २० औ साधारण सभा तथा १० औ अधिवेसनका लागि संयुक्त प्यानलको उम्मेदबारी घोषणा भएको छ ।
नेकपा (प्रचण्ड नेपाल पक्ष) का जिल्ला अध्यक्ष राजु गुरुङ, सचिव निर्मल जिसि,नेपाली काँग्रेस महासमिति सदस्य तथा ट्रेड युनियन नेता काजीमान श्रेष्ठ, काग्रेस नगर सभापति खेलराज पाण्डे, नेकपाका हरि घिमिरे,जनमाेर्चाका तान बहादुर केसी,नयाँ शक्तिका यज्ञ पोखरेलको उपस्थितिमा विहिबार बुटवलमा पत्रकार सम्मेलनगरि संयुक्त प्यानल घोषणा भएको हो ।
वर्तमान अध्यक्षसहित केही पदाधिकारीहरु मनोमानी रुपमा संस्थामा अघि बढेपछि आफुहरु संघ बचाउनकै लागि उम्मेदवारी दिएको अध्यक्ष पदका उम्मेदवार जीवन प्रसाद श्रेष्ठले दाबी गरे । आफू लामोसमयदेखि संघमा सदस्य पद हुदै वरिष्ठ उपाध्यक्षसम्म योगदान दिएको भन्दै आगामी दिनमा समेत ब्यवसायीहरुको हकहितका लागि निरन्तर लाग्ने बताए । समावेशी रुपमा टिम तयार गरेर आफू लागेको बताए ।
संयुक्त प्यानलबाट अध्यक्ष पदमा जीवन प्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा लाल बहादुर केसी, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितिय उपाध्यक्ष चिरञ्जीवी पोखरेल ( बाबुराम), महासचिव प्रेम बन्जाडे, सचिव अर्जुन थापा, कोषाध्यक्ष चुत्र बहादुर पौडेल (टेकु), सहकोषाध्यक्ष खेमराज पोखरेल, सदस्यहरुमा प्रदिप जिसि, केशव कंडेल, दिनेश भुषाल, रिना काफ्ले, यम गलामी, कृष्ण पाण्डे, दिपक योगी, लक्ष्मण बस्याल, सुन्दर श्रेष्ठ, होम बहादुर केसी, प्रेम भट्टराई उम्मेदवारी दिएका छन ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार तथा पुर्वअध्यक्ष देवि श्रेष्ठले जिल्ला स्तरको संस्थालाई साघुरो घेरामा लैजाने काम अहिलेको नेतृत्वबाट भएको दुखेसो गरे। एकलौटी र राजनिति आस्था हाबि हुने ढंगबाट संघलाई संचालन गर्ने काम भएको बताए । होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुमाझ साझा संस्थाका रुपमा भुमिका खेल्नुपर्ने दायित्व भएको उनले बताए ।
महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठले दुई चरणको वार्ता गर्दा पनि सफल नभएपछि संयुक्त प्यानल उम्मेदवारी दिएको उनिहरुको दाबी छ । पुर्व अध्यक्ष मोदनाथ बेल्बासेले प्रजातान्त्रिक विधिलाई अनुसरण गर्ने रुपमा अघि बढेको बताए । संघमा ८ सय ५० मतदाता रहेका छन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)