बुटवल,फागुन १३ ।
तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख–दायित्व उद्यम दुतिकरण कार्यक्रम अन्र्तगत दोस्रो चरणको उद्घाटन तथा आवेदन आह्वान कार्यक्रम सुरुवात गरिएको छ ।
तिलोत्तमा नगरपालिका कार्यालयमा एक कार्यक्रको आयोजना गरी नगर प्रमुख बासुदेव घिमिरेले उक्त कार्यक्रमको शुरुवात गरेका हुन । पहिलो चरणबाट कृषि, पर्यटन उद्यमीहरुलाई छनौट गरी प्रतियोगितात्मक रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
जसबाट शुनिल कुमार पाण्डेले १ लाख रुपैयाँको पुरस्कार प्राप्त गरेका थिए ।
सोही कार्यक्रम अनुसार दास्रो चरणको कार्यक्रम सुरुवात गरिएको दायित्व परियोजनाका लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिए । कार्यक्रम शुभारम्भ कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वरी देवी चौधरी, नेपाल बैंक लिमिटेड मणिग्राम शाखा प्रबन्धक लोकनाथ भुषाल, दायित्वका कार्यक्रम संयोजक सुर्य प्रसाद रिजाल, नगरपालिका प्रवक्ता सुरेन्द्र श्री लगायतले आ आफ्नो भनाई राखेका थिए ।
दोस्रो चरण अन्र्तगत तालिम, गोष्ठी तथा विभिन्न प्रतियोगीता आयोजना गरी सोबाट पहिलो चरणमा ५ जना उद्यमी छनौट गरी ५०, ५० हजारको पुरस्कार र अन्तिममा प्रतिष्पर्धाबाट १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)