Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेकपा ओली समूहद्वारा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय

नेकपा ओली समूहद्वारा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय

  • 2.3K
    SHARES

  • नेकपा ओली समूहद्वारा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय

    बुटवल,फागुन १२- 

    ओली पक्षीय नेकपाले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री बालुवाटारमा आज बसेको ओली पक्षको स्थायी कमिटी बैठकले अदालतले तोकेको समयसीमा भित्रै संसदको बैठक बोलाउने निर्णय गरेको छ ।बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको बताए । ज्ञवालीले भने संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि बोलाउनेबारे स्थायी कमिटीमा छलफल भएको जानकारी दिए । उनले दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङ भएको भन्दै उनीहरुले बोलाएको बैठक नै आधिकारिक हुने उनले बताए ।

    बैठकले सर्वोच्चको फैसला अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएका कारण सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो । ज्ञवालीले पार्टी एकताका लागि आफुहरु लचिलो भएको बताए ।

    प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता ज्ञवालीले प्रधानमन्त्रीले देशलाई जे गर्दा सबैभन्दा उपयुक्त हुन्छ, त्यही गर्ने बताए । उनले भने, ‘हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं ।

    मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ,आवश्यक परामर्शपछि ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology